काठमाडौं । बबरमहलमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।
जिल्ला अदालत काठमाडौंअगाडि झडप हुँदा एकजना घाइते भएका छन् । प्रहरीले नौजनालाई नियन्त्रणमा लिएको छ ।
प्रदर्शनकारीले अदालतअगाडि प्रहरीमाथि ढुंगामुडा प्रहार गरेपछि झडप भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले घाइतेको अवस्थामा समान्य नै रहेको बताए ।








