काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने निर्णयविरुद्धको मुद्दा अब पूर्ण इजलासमा पेस हुने भएको छ ।

आज बसेको न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले लामिछानेमाथिको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश गरेको हो ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले रास्वपा सभापति लामिछाने माथि प्रतिसोध साँधेर सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अधिक मुद्दा लगाइएको भन्दै पूर्वमहान्यायाधिवक्ता सविता भण्डारी बरालले फिर्ता गर्ने निर्णय गरेकी थिइन् ।