रूपन्देही : तिलोत्तमा नगरपालिका-१५ मधवलियामा कार दुर्घटना हुँदा युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मायादेवी गाउँपालिका सुन्डी बस्ने २३ वर्षीय विवेक कुमार बानियाँ रहेका छन्।
बुटवलबाट भैरहवातर्फ जाँदै गरेको युपि ५३ बीआर ५८४८ नम्बरको कार अनियन्त्रित भई आइतबार बिहान दुर्घटना भएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन हस्पिटल मणिग्राममा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले फरार रहेका कार चालकको खोजी गरिरहेको जनाएको छ।








