काठमाडौं । खाजाघरमा यौनधन्दा सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-९ कि ३७ वर्षीया सुकुमाया तामाङ र इन्द्रावती-४ का ३१ वर्षीय प्रमोद तामाङ छन् । उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

सुकुमायाले मनमैजुमा सञ्चालन गरेको अशोक खाजाघर र प्रमोदले सञ्चालन गरेको मञ्जुश्री घरमा यौनधन्दा चलाएको आरोप छ । भाडा माझ्ने तगा सरसफाइको काम भन्दै मासिक ७ देखि १५ हजार रुपैयाँसम्म तलब हुने भनेर काममा राखिएका युवतीलाई यौनधन्दामा लगाएको आरोप उनीहरुमाथि छ ।

पक्राउ परेका दुबैजनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोका एसएसपी कृष्ण पंगेनीले बताए ।