काठमाडौं । वैदेशिक रोजगार विभागले एकै दिनमा श्रम स्वीकृति सुरु भएको बताएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै विभागकी महानिर्देशक मिरा आचार्यले टोकन प्रणाली खारेज गर्दै एकै दिनमा श्रम स्वीकृति कार्यान्वयनमा आएको बताइन् ।
”वर्तमान सरकार गठनपछि वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन श्रमिकको हकहित संरक्षणका लागि विभागले सरकारको निर्देशन कार्यान्वयन गरेको छ,” उनले भनिन् ।
विभागले श्रमिकलाई अन्तर्वार्ताको फारम अंग्रेजी र नेपाली दुबैमा अनिवार्य भराउन सूचीकृत म्यानपावरलाई निर्देशन दिएको छ ।
श्रमिकको अभिमुखीकरणमा सात सय भन्दा बढी शुल्क लिएमा तालिम केन्द्रको इजाजत खारेज गर्ने चेतावनी विभागले दिएको छ ।






