बागलुङ, भदौ १० गते । मुखिया प्रथाको समयमा भेला हुने स्थानलाई अर्गली मगर भाषामा ‘जोम्तो’ भनिन्थ्यो । सोही जोम्तो शब्दबाट ताराखोला गाउँपालिका वडा नं. २ अर्गलमा ‘जोम्तो घर’ को चलन चल्दै आएको छ । स्थानीयवासीले भेला हुने स्थानलाई संरक्षण गर्दै जोम्तो किताब घरका रूपमा विकास गर्न भवन निर्माण गरेका छन् ।

जोम्तो संरक्षण गर्न किताब घर सञ्चालनमा ल्याइएको जोम्तो किताब घर व्यवस्थापन समितिका अध्यक्ष अमृत घर्तीमगरले बताउनुभयो । “जोम्तो घरमार्फत त्यसको महìव र ऐतिहासिक दस्ताबेज सङ्कलन र संरक्षणको प्रयास गरेका छौँ,” घर्तीमगरले भन्नुभयो । न्याय निसाफ गर्दा मुखिया बस्ने अर्गल गाउँको ठुलो ढुङ्गालाई सम्झेर पक्की भवन निर्माण गरिएको छ ।