चिनियाँ सेनाले आफ्नो नयाँ टाइप ०७६ एम्फिबियस असल्ट युद्धपोत सिचुआनबाट जीजे–२१ नामक अत्याधुनिक स्टिल्थ मानवरहित लडाकु विमान (यूसीएभी) को सफल उडान र अवतरण गराएको दाबी गरेको छ ।
जनमुक्ति सेना (पीएलए) ले यसलाई चीनको पहिलो पानीजहाज–आधारित स्टिल्थ जासुसी तथा आक्रमणकारी ड्रोनका रूपमा घोषणा गरेको छ ।








