राँझा (बाँके), २६ भदौ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेनजी सहिदको सम्मान र सम्झनामा नेपालगन्ज उपमहानगरपालिकाले भौतिक तथा सामाजिककार्य अगाडि बढाएको छ ।

नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोजीको एउटै टोल निवासी १९ वर्षीय आयुष थापा र २३ वर्षीय सुलभराज श्रेष्ठको गत वर्ष भदौ २३ गते राजधानीमा भएको जेनजी आन्दोलनका क्रममा गोली लागेर ज्यान गएको थियो । आयुष र सुलभको असामयिक निधनले एकातिर दुवै परिवारलाई सम्हालिनसक्नु शोकमा धकेलेको छ भने अर्कोतिर सिङ्गो धम्बोजी अझै त्यो कहालीलाग्दो क्षण सम्झेर झस्कन्छ ।