सिन्धुलीको खुर्कोटमा यात्रुवाहक बस दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । शुक्रबार गोलञ्जोर गाउँपालिका–७ मा काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बस सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो ।
बा.प्र.०३–००१ ख २७७४ नम्बरको बस होटलमा खाना खान रोकिएको थियो । खाना खाइसकेपछि यात्रुहरूलाई बसमा चढाएर ब्याक गर्ने क्रममा बस सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

