म्याग्दीको मङ्गला गाउँपालिकामा बाढी र पहिरोका कारण १६६ घरपरिवार प्रभावित भएका छन्। अविरल वर्षापछि आएको बाढीपहिरोले गाउँपालिकाभित्रका १७ घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ भने ७७ घर उच्च जोखिम र ७२ घर सामान्य जोखिममा रहेका छन्।

गाउँपालिकाका अनुसार विपद्बाट ५७२ रोपनी खेतबारीमा क्षति पुगेको छ। यसैगरी, १२ वटा गोठ पूर्ण र १८ वटा आंशिक क्षति भएको छ भने २० वटा सडकमा पनि क्षति भएको छ।