। काठमाडौं उपत्यकामा शनिबार सवारी नियम उल्लंघन गर्ने ४७० सवारीसाधन कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ९९, तीव्र गतिमा चलाउने ११५, सिसी क्यामरामा परेका ४० र रातो बत्ती उल्लंघन गर्ने ३७ चालक कारबाहीमा परेका हुन्।
त्यस्तै, हर्न निषेध उल्लंघन गर्ने नौ, लेन अनुशासन पालना नगर्ने दुई, एकतर्फी सडकमा नियमविपरीत चलाउने सात र अन्य कसुरमा १६१ सवारीसाधन कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीले दसैंका बेला सवारी नियम उल्लंघन गर्नेमाथि निगरानी र कारबाही तीव्र बनाएको जनाएको छ।








