बाजुरा। जिल्ला अस्पताल बाजुरामा तीन दिनको अवधिमा पाँच बालबालिकासहित आठ जना बिरामीको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको छ । कात्तिक १० देखि १२ गतेसम्म हाडजोर्नी तथा अन्य स्वास्थ्य समस्याबाट पीडित बिरामीको शल्यक्रिया गरिएको हो ।
जिल्ला अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हरिशबहादुर मल्लकाअनुसार कात्तिक १० गते ६५ वर्षीय पुरुषको बायाँ काँधको हड्डी भाँचिएर जोर्नी खुस्किएको समस्याको उपचार गरिएको थियो । सोही दिन १४ वर्षीय बालकको बायाँ हातको नाडी नजिक भाँचिएको हड्डी निको भएपछि पहिले राखिएको इम्प्लान्ट निकालिएको थियो ।








