रसुवाको भोटेकोशीमा बाढी आएको ११ दिन भइसकेको थियो । बेत्रावतीमा पुरिएका घरहरूमा खोज्दै जाँदा भित्रबाट मान्छे बोलेजस्तो आवाज आयो । विदुर नगरपालिका वडा नम्बर–१० स्थित बेत्रावतीमा आफ्नै घरमा पुरिएकी थिइन् चण्डिका श्रेष्ठ ।
सुरक्षाकर्मीले गल र घन प्रयोग गरेर सो घरको पर्खाल फुटाए । खोज तथा उद्धारको कमाण्ड सशस्त्र प्रहरीका इन्स्पेक्टर सुमन बिक र प्रहरीका इन्स्पेक्टर महेन्द्र दर्नालले गरेका थिए ।








