गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीपछि पारिपट्टि फसेको एउटा कुकुर २० दिनसम्म भोकै र असहाय अवस्थामा बसेको थियो। चारैतिर बाढी र जोखिमका कारण ऊ वारि आउन सकेको थिएन।

अन्ततः एक व्यक्तिले डुंगाको सहायताले उसलाई उद्धार गरेर वारि ल्याए। तर उद्धारपछि देखिएको दृश्य झनै भावुक बनाउने खालको छ। लामो समयसम्म डर, भोक र अनिश्चिततामा बाँचेको त्यो निर्दोष जनावर उद्धार गर्ने व्यक्तिकै काखमा निश्चिन्त भएर बसिरहेको छ।