प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद् बैठक १७ दिनदेखि बस्न सकेको छैन। सामान्यतया सातामा एकदेखि दुई पटक बस्दै आएको बैठक लामो समयदेखि नबसेको हो।
प्रधानमन्त्री शाहले यसअघि साताको प्रत्येक सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक राख्दै आएका थिए। तर, दसैँअघि असोज ३० गते बसेको बैठकयता नयाँ बैठक आह्वान गरिएको छैन।








