भारतको झारखण्डस्थित सरायकेला जिल्लाको गम्हरिया प्रहरी चौकी परिसरमा एक महिलामाथि बलात्कार भएको आरोपमा वायरलेस अपरेटरसहित तीन प्रहरी पक्राउ परेका छन् । घटनामा संलग्न रहेको आरोप लागेका अन्य १२ प्रहरीलाई निलम्बन गरिएको छ ।

जिल्ला प्रहरी प्रमुख मनोज स्वर्गियारीले घटनामा तीन प्रहरीलाई पक्राउ गरी जेल पठाइएको पुष्टि गरेका छन् । बीबीसी हिन्दीका अनुसार यस घटनामा कुल १५ जना अभियुक्त रहेको उनले बताएका छन् ।