नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री कार्यालयको कार्यशैलीप्रति प्रश्न उठाउँदै त्यसलाई यातना गृहजस्तो भएको टिप्पणी गरेका छन् ।
मंगलबार सभामुख डोलप्रसाद अर्याललाई भेटेर तत्काल संसद् बैठक आह्वान गर्न आग्रह गरेपछि पत्रकारहरूसँग कुरा गर्दै उनले मुलुकमा विचौलियाको बिगबिगी र सर्वत्र आतंकको अवस्था रहेको बताए ।








