अमेरिकाको मिसिसिपी राज्यस्थित हर्न आइल्यान्ड नजिक समुद्रमा विमान दुर्घटना हुँदा त्यसमा सवार सबै ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा चार वयस्क र ८ देखि १० वर्ष उमेरका दुई बालकको ज्यान गएको अमेरिकी कोस्ट गार्डले पुष्टि गरेको छ।

मंगलबार दिउँसो समुद्रमा खसेको सेस्ना सेन्टुरियन २१० विमानमा सवार सबैको शव फेला परेपछि खोजी तथा उद्धार कार्य समाप्त गरिएको कोस्ट गार्डले जनाएको छ।