काठमाडाैँ,
बलात्कार आराेपमा फरार भएका पलाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय संक बुढालाई पक्राउ गर्न गएका प्रहरीमाथि गाउँलेले आक्रमण गरेका हुन्। साे आक्रमणमा एक जना प्रहरी असई गम्भीर घाइते हुनु भएको छ ।
साेमबार बिहान आरोपित बुढालाई प्रहरीले हतकडी लगाएर जिल्ला सदरमुकाम ल्याउने क्रममा स्थानीयले प्रहरीसँगै पीडित महिलाका परिवारमाथि आक्रमण गर्दा इलाका प्रहरी कार्यालय पलाँताका असई लक्ष्मी ढुङ्गेल रावत र बलात्कार घटजाबाट पीडित परिवारका सदस्य धनमान विक घाइते भएका हुन ।
आरोपित बुढालाई ०७९ असोज ३१ गते गाउँकै एक दलित महिलामाथि बलात्कार गरेको आरोपमा पीडित परिवारले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिनुभएको थियो। त्यसयता फरार रहेका बुढा घरमा आएको जानकारी साेमबार बिहान ४ बजे उनलाई पक्राउ गर्न ढुङ्गेलसहित चार जना प्रहरी टोली गएको थियो। प्रहरी पुग्दा घरमै सुतिरहेका बुढालाई प्रहरीले हतकडी लगाएर जिल्लातर्फ ल्याउने क्रममा गाउँलेले आक्रमण गरेको पीडित पक्षको भनाइ रहेको छ ।