काठमाडाैं,
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इतिहासका सबै कालखण्डमा भएका भ्रष्टाचारहरूकाे फाइल खाेल्नुपर्ने बताएका छन्।प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले सबै कालखण्डका भ्रष्टाचारका फाइल खोल्न आग्रह गरेका हुन्।
ओलीले भने ‘सम्पूर्ण विषयमा छानबिन गरौं । भ्रष्टाचार र अख्तियार दुरुपयोग गरेका इतिहासको कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोलौं। एकपटक इच्छाशक्ति देखाऔं। त्यसलाई साझा इच्छाशक्ति बनाऔं। सबै एकबद्ध हुनुपर्छ। भ्रष्टाचार भ्रष्टाचार नै हो’








