१७ जेठ,काठमाडाैं
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिको जलहरीबारे आफूलाई सामाजिक सञ्जाल मार्फत ट्रोल बनाइएकोमा आपत्ती जनाएका छन्।
बुधबार पार्टी प्रवेश कार्यक्रममा ओलीले आफूलाई कहिल्यै सुनप्रति मोह नजागेको बताउँदै कुनियत र घटिया सोचका साथ आफूलाई सामाजिक सञ्जालमा ‘ट्रोल’ बनाएकाे भन्दै आपत्ती जनाएका हुन्।
‘म सानो हुँदा मेरो आमाको औंठी चार दिन लगाएँ । एउटा साथीले दिएको औंठी बिहानदेखि बेलुकासम्म लगाएँ । त्योबाहेक सुन कहिल्यै लगाएको छैन,’ उनले भने – ‘जसले औंठी पनि लगाउँदैन, त्यसमा मलाई रुचि नै छैन । अहिले त मलाई बोक्न नसक्ने गरी सुन लगाइदिएका छन् । यति साह्रो झूट, यत्रो मेहनत गरेर फैलाएका छन् कस्तो नियत होला । कस्तो घटिया कुरा होला ? आफ्नो क्षमता भएको भय सत्य सम्प्रेसण पो गर्नुपर्छ ।’
ओलीले देश विचित्रको स्थितिमा पुगेको बताए । उनले भने,‘हाम्रो देशजस्तो छाडापन कहिँ देखिदैन । युटुव हेर्न एकान्तकुनामा जानुपर्ने अवस्था छ । हामी एउटा सभ्य समाजमा छौं कि विकृतितिर भाँसिदै गएको समाजमा छौं ?’