२१ जेठ,काठमाडाैं
नक्कली भुटानी प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस जारी छ ।
न्यायाधीश न्यौपानेले बहस सुरु हुनु अगावै बहस समय बाँडफाँट गर्न भनेका थिए । जसअनुसार सरकारी वकिलको तर्फबाट आउँदो मंगलबारसम्म सुरुवाती बहस गर्ने समय बाडिँएको छ ।सरकारी वकिलका तर्फबाट आठ सरकारी वकिलले बहस गर्ने छन् ।
सरकारी वकिलको बहस सकिएसँगै बुधबारबाट अभियुक्तहरूको तर्फबाट कानुन व्यवसायीहरूले बहस गर्ने छन् । इजलासबाट अभियुक्तहरूका कानुन व्यवसायीलाई जेठ ३० भित्र बहस सकाउन आदेश भएको हो ।