३२ जेठ,काठमाडाैं

नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले पशुपतिनाथ मन्दिरको अनियमितता छानबनि गर्न गठित समितिको प्रतिवेदन पर्यटनमन्त्रीले लुकाएको टिप्पणी गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद आलेले पशुपतिनाथ मन्दिरको अनियमितता छानबिन गर्न गठित समितिको प्रतिवेदन पर्यटनमन्त्री किरातीले लुकाएको आरोप लगाउँदै अर्थ मन्त्रालयको तार काट्ने मुसा पशुपतिमा छिरेको बताएका हुन् ।

उनले भने, ‘गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिरेको छ । २०७९ माघ १४ मा तार काटियो । छानबिन समिति बन्यो । छानबिन समितिका संयोजक देवी बराललाई हटाउने काम गरियो । चोरलाई संरक्षण गरियो । प्रतिवेदन लुकाइयो । बहुमल्य मूर्ति चोरियो ।’

यस्तै उनले वायुसेवा निगमले ४ अर्ब कमायाे भनेर भ्रम छरेको आरोप लगाएका छन् । उनले यसरी झुट बाेली जनतामा भ्रम छर्न नपाइने पनि बताए।

सा‌ंसद आलेले भने, ‘ वायु सेवा निगमले तीन महिनामा ४ अर्ब कमायाे भनी सञ्चारमाध्यममा झुट बाेलेकाे सुनियाे। यसरी जनतामा भ्रम छर्न पाइँदैन। याे सदनमार्फत् निगमकाे यथार्थ आर्थिक अवस्थाबारे स्पष्ट जानकारी गराइयाेस्।’