काठमाडाैं,
नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले निर्वाचनको कामलाई जिल्ला प्रशासन कार्यालयको छायाँको रुपमा रुपान्तरण नगर्न चेतावनी दिएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा थापाले जिल्ला निर्वाचन कार्यालय र तथ्याङ्क कार्यालयलाई खारेज गर्ने निर्णय लोकतन्त्र विरोधी रहेकाे बताएका छन्। यस्तै उनले लोकतन्त्रमा निर्वाचनको निष्पक्षता हुने भन्दै संविधान बमोजिम व्यवस्था भएको आयोगलाई खारेज गर्नु नहुने बताए ।
‘अर्थमन्त्रीजीको धेरै ध्यानाकर्षण गरायौँ । यहाँसम्म आइपुग्दा धेरै पटक भन्यौँ । तर यो सुनुवाइ भएन । त्यसो भएको हुनाले आज हाम्रो दलको तर्फबाट जिल्ला निर्वाचन कार्यालय र जिल्ला तथ्याङ्क कार्यालय खारेज गर्ने जुन निर्णय भएको छ, यो गलत छ । यो लोकतन्त्र विरोधी छ,’थापाले भने, ‘लोकतन्त्रमा निष्पक्षताको सुनिश्चितता र प्रत्याभूतिको मूल मर्मविपरीत छ । यस कुरालाई नसच्याएसम्म, लोकतन्त्रमा निर्वाचनको निष्पक्षताको जुन महत्व हुन्छ, यो कुरालाई आत्मसात् नगरेसम्म अरू कुरा गर्नु भनेको बेकारको कुरा हुन्छ ।’