काठमाडाैं। असार २३ बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको समय सरेको छ ।
बैठक साउन १७ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा बस्ने माओवादी केन्द्रका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।
सबै प्रदेशहरूमा बजेट अधिवेशन चलिरहेको र असार मसान्तसम्म चालु आर्थिक वर्षको हिसाब फर्छ्यौट गर्नुपर्ने कारणले गर्दा बैठक सरेको हो ।