भरतपुर, चितवन

सामाजिक अभियन्ता दुर्गा प्रसाई को नेतृत्व मा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, सस्कृति र नागरिक बचाउ महाअभियान  नवलपुरका संयोजक सुर्य बस्नेत, सदस्य गौदास बाबा र तनहुँ जिल्लाका हिक्मत थापा सँगै ४ जना हिरासत बाट बरहिज्जत रिहाइ भएका छन् ।

असार १ गते कालोमोसो को केन्द्रिय कार्यालय तथा चितवन जिल्लाको कार्यलय स्थापना गर्ने उदेश्यले दुर्गा प्रसाई को कालोमोसो दस्ता का अध्यक्ष सम्भु थापा को नेतृत्व मा कार्यक्रम गर्दै गर्दा कार्यक्रम स्थल बाटै सम्भु लगायतका केहि ब्यक्ति लाई जिल्ला प्रहरी कार्यालय ले नियन्त्रण मा लिएको थियो ।

कालोमोसो दस्ता लगायतका व्यक्तिहरु हिरासतमा परेको र उनिहरुलाई यथासिघ्र रिहाइ गरियोस् भन्ने माग सहित धर्ना बस्न पुग्दा राष्ट्र, राष्ट्रियता, धर्म, सस्कृति र नागरिक बचाउ महाअभियान नवलपुर का संयोजक प्रदिप बस्नेत लगायत लाई पनि हिरासतमा राखिएको थियो ।

आज अदालतले २ जनालाई जनही १० हजार र २ जनालाई जनही १५००० धरौटी मा रिहाइ गर्न आदेश गरेको हो ।

कालोमोसो दस्ता लाई प्रशासनले अराजक गतिविधि गरेको र अराजक नाम राखेको भन्दै उक्त नाम बाट जहा जुन सुकै गतिविधि गरेको भएपनि नियन्त्रण मा लिइने प्रशासनले बताएको छ ।