काठमाडाैं,१३ असार

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेविरुद्ध दायर रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

महान्यायाधिवक्ता कार्यालयले राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेपछि युवराज सफलले गत १० जेठमा लामिछानेविरुद्ध संवैधानिक इजलासमा रिट दायर गरेका थिए।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासले रिट खारेज गरेको हो ।