काठमाडाैं,१४ असार

अल्पमतमा परेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा बिहीबार आउँदो वर्षको बजेटसम्बन्धी अध्यादेश पेस गरेका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका कार्कीले जेठ ३२ गते अध्यादेशबाट बजेट ल्याएका थिए ।अल्पमतमा परेपछि जेठ ३१ गते बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याएका थिए ।

अध्यादेश पेश गर्ने क्रममा उनले जेठ २३ गते माओवादी केन्द्रले विश्वासको मत झिकेपछि अध्यादेशबाट बजेट ल्याउनु परेको बताए ।जेठ ३१ गते नीति तथा कार्यक्रम ल्याएर संविधानको प्रयोग गरेर अध्यादेशबाट बजेट ल्याएको उनले बताए ।

कार्कीले पेस गरेको अध्यादेशलाई अस्वीकृत गर्ने प्रस्ताव दर्ता गराउन चाहने सांसदलाई सभामुखले ७२ घण्टाभित्र सचिवालयमा दर्ता गर्न आह्वान गरेका छन्। अध्यादेश पेस गरेपछि मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत मागिरहेका छन्।