काठमाडाैं,१५ असार
नेकपा एमाले नेतृत्व कोशी प्रदेश सरकार ढलेको छ । शुक्रबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएका हुन् ।
शुक्रबार संसदबाट विश्वासको मत लिने क्रममा कुल ९३ मतमध्ये ८९ जनाको उपस्थितमा ४६ मत पाएका कार्कीले विश्वासको मत नपाएका हुन्। उनको विपक्षमा ४३ मत खसेको थियो भने दिन्न भन्नेको संख्या शून्य रहेको थियो। विश्वासको मतको लागि ४७ सांसदको मत आवश्यक पर्दछ ।
मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाएसँगै कोशी प्रदेशमा पनि ढल्यो एमाले सरकार ढलेको छ । जनता समाजवादी पार्टी(जसपा)की प्रदेश सभासांसद निर्मला लिम्बू, नेपाली कांग्रेस र माओवादी केन्द्रबाट समान एक प्रदेश सांसद सदनमा अनुपस्थित रहेका थिए।
त्यसैगरी, सभामुख बाबुराम गौतमले अर्को सूचना नहुञ्जेलसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको घोषणा गरेका छन्।