काठमाडाैं,१७ असार
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको जीवनमा आमुल परिवर्तन गर्नु नै मुख्य जिम्मेवारी भएकाे बताएका छन्।
नारायण विलास जोशी स्मृतिको ३४ औं स्मृति दिवसको अवसरमा आइतबार बिहान भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक क्रान्तिको काम सम्पन्न गरेपनि जनताको जीवनमा परिवर्तन गर्न बाँकी रहेको बताएका हुन्।
“हामीले एउटा राजनीतिक क्रान्तिको काम त सम्पन्न गरेका छौँ । तर, अर्को महत्वपूर्ण काम बाँकी छ । त्यो महत्वपूर्ण काम भनेको जनताको जीवनमा आमुल परिवर्तन गर्ने हो ।” उनले भने
नेपालले याे सबै काम कम्युनिस्ट पार्टीकाे सरकारले गर्नुपर्ने बताउदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादीकाे यात्रामा देशलाइ कसरी अघि बढाउने भन्नेकुरामा गहन अध्ययन र खाेजी गरी अघि बढ्न आवश्यक रहेको बताए ।