काठमाडाैं,१७ असार

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपालाई एकताबद्ध गर्नुपर्ने बताएका छन्। आइतबार भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४औँ स्मृति दिवस कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन्।

समाजवादी मोर्चा घोषणाका बेला पनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र आफूले फेरि नेकपातिरै फर्किनुपर्ने र पुनः पार्टीलाई एकताबद्ध गर्नुपर्ने उल्लेख गरेको उनले बताए। त्यसका लागि समाजवादी मोर्चा बनाएर वामपन्थीलाई एकताबद्ध गर्ने पहल सुरु गरिसकेको उनले बताए ।

यस्तै उनले तत्कालीन नेकपामा रहेका बेला भएका त्रुटिलाई सच्याएर अघि बढ्न आवश्यक रहेको पनि बताए।