काठमाडाैं,१९ असार

राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले मुलुक ऋणको जालोमा फस्दै गएको टिप्पणी गरेका छन् ।

मंगलवार राष्ट्रियसभा बैठकमा विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले आर्थिक सर्वेक्षणअनुसार मुलुकमा २१ खर्ब ऋण तिर्न बाँकी रहनु मुलुक ऋणको जालोमा फस्न लागेको संकेत भएको तर्क समेत गरे ।

सांसद देवकाटाले सरकारले ‘ऋण लिएर घिउ खाएजस्तो’ गरेर बजेट विनियोजन गरेको बताउनुभयाे । उहाँले भन्नुभयो, ‘आन्तरिक ऋण भुक्तानीमा १०५ प्रतिशतले वृद्धि भएको रहेछ । यो शीर्षकमा अघिल्लो पटक १३४ अर्बकाे बजेट रहेको थियो । अहिले २७५ अर्ब छ । यसमा वैदेशिक ऋण मात्रै जोड्ने हो भने पनि यो फिगर अझ धेरै माथि जान्छ । यसले हामी बिस्तारै ऋणको जालोमा, ऋणको पासोमा फस्दैछौँ भन्ने सङ्केत गरिदियो । बजेटको तथ्याङ्कले पनि त्यही भन्छ । आर्थिक सर्वेक्षणअनुसार हामीले तिर्नुपर्ने ऋण २१ खर्ब छ । बजेट विनियाेजन हेर्दा ऋण लिएर घिउ खाएजस्तो अवस्था छ ।’