काठमाडाैं,२१ असार
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे राजीनामा माग गरेर संसद् अवरूद्ध गर्नु संसदीय मान्यताविपरीत भएकाे बताउनुभएकाे छ।
प्रेस सेन्टर नेपाल, चितवन शाखाले गरेको पत्रकार सम्मेलनमा उहाँले बहुमतबाट निर्वाचित प्रधानमन्त्रीको राजीनामा माग गर्नु संसदीय मान्यताविपरीत भएको बताउनुभयो । उहाँले प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न भारतको सहयोग रहेको भन्ने अभिव्यक्ति नदिएको पनि दाबी गर्नु भएको छ।
“प्रधानमन्त्रीले मैले नेपालको प्रधानमन्त्री हुन विदेशमा मान्छे पठाएको थिएँ, त्यसको सहयोगबाट म प्रधानमन्त्री भएको हुँ भनेर कहीँ भन्नुभएको छैन । यसबारे म सँग कुरा पनि भएको छैन,”श्रेष्ठले भने।
सोमबार प्रधानमन्त्री प्रचण्डले प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक भारत गएको अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्ति देशहितविरुद्ध रहेको भन्दै नेकपा एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् बैठक चल्न नदिने अडान राखेर संसद् बैठक अवरुद्ध गरेको छ ।