काठमाडाैं, २२ असार
नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको बैठक आज पनि जारी रहने छ। केन्द्रीय कार्यालयले आयोजना गरेको जिल्ला सभापतिहरुको दोस्रो दिनको बैठक केन्द्रीय कार्यालय सानेपामा जारी रहने नेपाली कांग्रेसले जनाएको छ।
बिहीबारको पहिलो दिनको बैठकमा २८ जना सांसदहरूले आफ्ना धारणा राखेकाे र साे बैठकमा बोल्न बाँकी सभापतिहरुले आज आफ्ना धारणा राख्नुहुनेछ। भेलामा उपस्थित जिल्ला सभापतिहरुले आगामी केन्द्रिय समितिले सबै समस्यालाई हल गरेर लैजान सुझाव दिएका छन् ।
बैठकमा जिल्ला सभापतिहरुले नेपाली काँग्रेसका नेतृत्वमा रहेका सबै तहका सरकारको प्रश्तुती र प्रगतिको समीक्षा गर्दै बढी भन्दा बढी काम गरेर परिणाम निकाल्ने गरी सरकार सञ्चालन गर्न आग्रह गरेका छन् ।








