काठमाडाैं, २२ असार

काेशी प्रदेशका मुख्यमन्त्री उद्धप थापाले मुख्यमन्त्रीकाे शपथ लिएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ खुवाएका छन्।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम हिजो कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाका सांसद एव‌  समाभुख बाबुराम गौतमको हस्ताक्षरमा मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेस संसदीय दलका नेता थापाले आज शपथ लिएका हुन्।

त्यस्तै, दुई जना मन्त्री पनि नियुक्त भएका छन्। नेकपा एकीकृत समाजवादी पार्टीले कमल जबेगुलाई मन्त्री बनाएको छ। नेपाली काङ्ग्रेसबाट प्रदिप सुनुवार मन्त्री बने। उनीहरुले पनि शपथ लिएका छन्।