काठमाडाैं, २२ असार
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भन्दा पनि उनलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि आफूलाई शंका लागेको काठमाडाैं मेयर बालेन्द्र शाहले बताएका छन्।
बालेनले सामाजिक सञ्जालमार्फत भनेका छन् ‘हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो, ‘दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा। भारतीय गुलामहरूले देश चलाउदैछ, र म मात्र विराेधमा? र म मात्र अदालतकाे अबहेलनामा? सबै जना मरेका लाशहरू हुन्?’ भन्दै बालेनले प्रश्नसमेत गरेका छन्।








