काठमाडाैं,२२ असार

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा गएका बेला भारतीय गुप्तचर प्रमुखसँग भेटेर आएको आरोप लगाएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गएर बसेको दाबी गरे। उक्त भेट पनि प्रधानमन्त्रीले लुकाएको ओलीको आरोप छ।

“भारतबाट रअका प्रमुख नेपाल आए, मसँग भेट्छु भने । नेपालमा आएर भेटे । मैले सार्वजनिक रूपमा भेटेँ । कुरा गरेँ । यसपटक प्रचण्डजी दिल्ली जानुभयो, उनको निवासमा गएर लुकेर भेट्नुभयो । गोप्य मन्त्रणा गरेर आउनुभयो,” ओलीले भने ।