काठमाडाैं,२२ असार
नेकपा एमाले स्थायी कमिटी सदस्य एवं सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिए आफुहरु सदन सूचारु गर्न तयार रहेको बताए ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा उपस्थित हुन नयाँ बानेश्वर आएका पन्तले सञ्चारकर्मीसँग कुरा गर्दै यस्ताे बताएका हुन्।
‘हामी निरन्तर अवरोध कायम राख्छौं भनेका छैनौं। प्रधानमन्त्रीले राजीनामा दिए पर्सि नै खुल्छ। हिजो आएको भए आजै खुल्थ्यो,’पन्तले भने, ‘उहाँले बोलेको कुरालाई लिएर क्लिएरिफेकशन दिनुपर्ने कुरा छैन। आफ्नो साँचों कुरा उहाँले व्यक्त गर्नुभयो।’








