काठमाडाैं,२४ असार

नेकपा एमालेले राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध पारेको छ ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु भएको जानकारी गराएलगत्तै एमाले सांसदहरुले ढ्यापढ्याप पार्दै समय मागे । त्यसपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भगवती न्यौपानेलाई समय दिए ।

न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधिनताविरुद्ध पटक–पटक धावा बोलेको आरोप राजीनामा नआएसम्म बैठक चल्न नदिने बताइन् । त्यसपछि एमाले सांसदहरु आफ्नो स्थानबाट उठे ।

अध्यक्ष तिमिल्सिनाले यथास्थानमा बस्न र बैठक सन्चालनको वातावरण बनाउन आग्रह गरे । तर एमाले सांसदहरुले मानेनन् । त्यसपछि अध्यक्ष तिमिल्सिनाले असार २५ गते बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बैठक स्थगित भएको जानकारी गराए ।