काठमाडाैं,२४ असार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुराेधमा सभामुख देवराज घिमिरेले आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक ३ बजेका लागि सारिएका छन्।
संघीय संसदका दुवै सदनमा केही दिनदेखि जारी अवरोध हटाउने विषयमा अहिले सिंहदरबारमा प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल जारी रहेकाले बैठक २ घण्टा पछिका लागि साएिको हो ।
प्रधानमन्त्रीले गत सोमबार किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितमले पटक पटक दिल्ली धाएको अभिव्यक्ति दिएपछि राजनीतिक वृत्त तरंगित छ ।