काठमाडाैं,२५ असार

संसद् अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच आज सिंहदरबारमा  भएकाे छलफल सकिएकाे छ।यस्तै उक्त छलफलमा संसद अवराेध खुलाउन एमाले सकारात्मक भएकाे नेताहरूले बताएका छन्।

सोमबार संसद्‍मा अवरोध खुल्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा एमाले अध्यक्ष ओलीले संसदमा थाहा हुने बताए।

यसअघि आइतबार पनि प्रतिनिधिसभाको बैठकको अवरोध खुलाउनेबारेमा तीन दलका शीर्ष नेताहरूबीच सहमति भए पनि अन्तिममा भाँडिएको थियो ।

आइतबारको छलफलमा उनीहरुबीच प्रधानमन्त्री पुष्पकमल दाहालले असार १८ गते एक कार्यक्रममा दिएको अभिव्यक्तिबारे संसद्को रोष्ट्रमबाट ‘आत्माआलोचना’ गर्ने र अगाडि बढ्ने तीन शीर्ष नेताको समझदारी भएको थियो । प्रतिनिधिसभाको आजको ३ बजे डाकिएको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जनाइएको छ ।