काठमाडाैं,२६ असार
राष्ट्रिय सभा सदस्य डा.विमला राई पौड्यालले आगामी आर्थिक वर्षको बजेट दिल्लीबाटै पास हुन लागेको हो ? भन्दै प्रश्न गरेकी छिन् ।
मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बनाउन व्यापारीहरू दिल्ली दौडाहामा गएको कुरा उल्लेख गरेको भन्दै बजेट कार्यक्रम पनि त्यतैबाट पास गर्न लागिएको हो भन्दै प्रश्न गरेकी हुन् ।
उनले असमान बजेट आउनुको कारणबारे संसद र जनतालाई जानकारी दिन आग्रह गरिन् । उनले छिमेकी देशसँगको नेपालको सम्बन्ध असमान हुँदै गइरहेको बताइन् ।
राष्ट्रियसभा सदस्य राईले असंलग्न परराष्ट्र नीति छोडेको हो भन्दै सरकारसँग जवाफ माग गरिन्।