काठमाडाैं,२७ असार
राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ। आज(बुधबार) बिहान ११ बजेका लागि तय भएको बैठक भोलिसम्मका लागि स्थगित भएको हो।
आजका लागि तोकिएको बैठक विशेष कारण भोलि बिहीबार बिहान १०ः०१ बजे बस्ने गरी स्थगित भएको संघीय संसद् सचिवालयले जनाएको छ ।
भाेलि बिहिबार बस्ने बैठकमा मन्त्रीहरूले मन्त्रालयगत छलफलमा उठेका प्रश्नकाे जवाफ दिनेछन् र आगामी आवको बजेट निर्णयार्थ प्रस्तुत गरिनेछ।








