काठमाडाैं, १ साउन
बैंकिङ कसुरमा लुम्बिनि प्रदेशका पुर्वमन्त्री विजयबहादुर यादव पक्राउ परेका छन्। यादवलाई आइताबार बाँकेकाे डुडुवा गाउँपालिका होलियाबाट पक्राउ गरेकाे रूपन्देहीका प्रहरी प्रवक्ता एवं डिएसपी श्याम अर्यालले जानकारी दिए।
गत १० माघमा रूपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौंको चेक बाउन्स भएपछि उनी पक्राउ परेका हुन् ।
मुद्दा दर्तापछि यादवविरूद्ध पक्राउ पुर्जी जारी भएकाे र साेही पक्राउ पुर्जी जारीकाे आधारमा यादवलाई पक्राउ गरेकाे डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
२०७४ सालमा लुम्बिनी प्रदेशसभामा बाँकेको प्रदेशसभा निर्वाचन क्षेत्र २ ‘१’बाट जसपाबाट निर्वाचित उनी लुम्बिनी प्रदेश सरकारका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रहेका थिए ।








