काठमाडाैं, १ साउन

आज (सोमबार) सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दैछ।

आसन्न केन्द्रीय कार्यसमिति बैठकको तयारीबारे छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो । पदाधिकारी बैठक सोमवार दिउँसो २ बजे बस्नेछ ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठकमा छलफल गर्नुपर्ने एजेन्डा तय गर्न पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका जनाइएको छ ।

मंगलबार दिउँसो २ बजेदेखि कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ।