काठमाडाैं, २ साउन

इलामको सूर्योदय नगरपालिका –४ मा रोकिराखेको पिकप ट्रकले किचेर २० महिने शिशुको ज्यान गएको छ । मृत्यु हुनेमा सूर्योदय– ४ श्रीअन्तु, बाघ पाइलेका धिरज रिजालका छोरा रियन रिजाल रहेका छन्।

प्रहरीका अनुसार सोमबार बेलुका घर अगाडि बाटोमा रोकेर राखेको मे १ ज ३६२ नम्बरकाे पिकअप गाडी स्टार्ट गरेर चलाउन खोज्दा दायाँतर्फको टायरमुनि रहेका शिशुको मृत्यु भएको हाे। उक्त गाडीलाई चालक रेजन मगरले स्टार्टमा राखेर गाडी रोक्न राखिएको टायरमुनिको ढुङ्गा निकाल्न उत्रिएका थिए ।

ढुङ्गा निकाल्नासाथ गाडी गुड्दा शिशुलाई किचेको बताइएको छ । गाडी चालक मगरलाई श्रीअन्तु प्रहरी चौकीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।