काठमाडाैं,२ साउन
काठमाडौं प्रहरीले बलात्कार आरोपमा एक चिकित्सकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको कोल्बीका ३६ वर्षीय चन्द्र भूषण चौधरी छन्।प्रेमिकाले बलात्कारको आरोप लगाएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। चाैधरीले विवाह गर्ने प्रलाेभन देखाएर आफुलाइ धाेका दिएकाे भनि प्रेमिकाले आरोप लगाएकी छन्।
आरोपी चौधरीले जाहेरवालासँग प्रेममा रहेको कुरा स्वीकार गरे पनि परिवारले विवाह गर्न नमानेका कारण आफू टाढिनु परेको बयान दिएका छन्। परिवारले विवाहका लागि केटी खोज्न थालेपछि आफूविरुद्ध जाहेरी परेको उनले अनुसन्धानका क्रममा बताएका छन्।