काठमाडाैं, ३ साउन
नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह (लामा) तामाङले पार्टीमा युवापुस्तालाई पार्टीमा आकर्षित गर्नुपर्ने बताएका छन्।
बुधबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले युवाहर पद खल्तीबाट झिकेर दिन नहुने बताए।
“कांग्रेसलाई अघि बढाउने हो भने अब युवापुस्तालाई कसरी एट्राक्सन गर्ने ? युवा जमातलाई कसरी बलियो बनाउने ? यो महत्वपूर्ण कुरा छ,” उनले बैठकमा भने। आफ्नो विचारले खल्तीबाट झिकेर युवालाई पद दिने होइन । प्रक्रिया र विधान अनुसार जानुपर्छ,”