काठमाडौँ:-
देशको राजधानी काठमाडौं मा सर्बसाधारण र विद्यार्थी लाई मात्र होइन भिआइपी लाई पनि कोठा पाउन मुस्किल देखिएको छ । २०७९ साल मङ्सिर ४ गते को आम चुनाव पछि जनताबाट चुनिएर आएका नेता हरुले कोठा नपाएको गुनासो आएको छ ।
शेर बहादुर देउवा ले बालुवाटार नछोड्दा नवनिर्वाचित प्रधानमन्त्री प्रचण्ड खुमलटारमा नै बस्दै आएका छन् । बुढानिलकण्ठस्थित घर निर्माणाधिन रहेको भनमदै बाहिर घर खोज्दै गरेको देउवाको स्वकीय सचिव ले बताए ।
तराई मधेस प्रदेश बाट पहिलोपटक आफ्नो राप ताप देखाउन सफल सिके राउत ले पनि काठमाडौं मा कोठा पाउन निकै मुस्किल रहेको आफ्नो सामाजिक सन्जालमा लेखेर बताएका छन् ।








