चितवनमहोत्सव को हब मानिएको चितवन मा पुस २५ गते चितवनको गौरब र गरिमामय प्रस्तुति चितवन महोत्सव भब्यताका साथ उद्घाटन गरिएको छ ।

सुरुमा राष्टपति पछि प्रधानमन्त्री हुदै मुख्य मन्त्री सम्म समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि को रुपमा डाक्ने तयारी गरिएको थियो तर पुस २५ मै संसदको पहिलो बैठक बस्ने तय भएपछि महोत्सव मा बाग्मती प्रदेश का प्रदेश बाणिज्य तथा आपूर्ति मन्त्री मिलन बाबु श्रेष्ठ को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सन्चालन सुमन श्रेष्ठ ले गर्नुभएको थियो।

समुद्घाटन कार्यक्रममा भरतपुर महानगर का मेयर रेणु दाहाल लगायत उधोग वाणिज्य संघ चितवनका पदाधिकारी र जनसमुदाय उपस्थित हुनुहुन्थ्यो ।

महोत्सव मा ५०० भन्दा बढि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समान को प्रचार का लागि स्टल राखिएको छ ।